जागरण अभियानमा सहभागी हुन कांग्रेस वरिष्ठ नेता पौडेल पाँच नम्बर प्रदेशमा

डिसी नेपाल
५ असोज २०७६ ११:२५

भैरहवा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो जागरण अभियान अन्तरगत प्रदेश नम्बर पाँचका विभिन्न जिल्लाको भ्रमण सुरु गरेका छन्।

पाँच नम्बर प्रदेशका रुपन्देही, कपिलबस्तु, प्यूठान, रोल्पा, दाङ तथा बाँके जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुने पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए। दोश्रो जागरण अभियान अन्र्तगत प्रदेश नम्बर पाँचका कार्यक्रममा सहभागी हुन पौडेल आइतबार भैरहवा पुगेका हुन्।

पौडेललाई भैरहवाको गौतमबुद्ध विमानस्थलमा नेपाली कांग्रेसका रुपन्देही सभापति अब्दुल रज्जाक, कपिलबस्तु सभापति सुरेन्द्रराज आचार्य लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए।

पौडेलको दोस्रो जागरण अभियान अन्तगतका विभिन्न कार्यक्रममा सहभागि भएर असोज १० गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *