अदालतमा हाजिर भए रवी लामिछाने, तर भएन बकपत्र

डिसी नेपाल
५ असोज २०७६ २१:१२

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहनका आरोपी सञ्चारकर्मी रवी लामिछाने आइतबार जिल्ला अदालत चितवनमा हाजिर भएका छन्। १० दिन प्रहरीको हिरासतमा बसेर धरौटीमा रिहा भएका उनी आइतबार अदालतको नियमित पक्रिया अनुसार अदालतमा बकपत्रका लागि हाजिर भएका हुन्।

लामिछानेसँगै आइतबार अर्का आरोपी पत्रकार दिपक बोहोरा पनि अदालतमा हाजिर भएका छन्। बोहोराको आइतबार बकपत्र भएको छ। तर, आइतबार समय नपुगेपछि लामिछानेको भने बकपत्र भएन। सोमबार उनको बकपत्र हुने जनाइएको छ।

आइतबार जिल्ला अदालत चितवनमा पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दासँग सम्बन्धित आरोपी र साक्षीको बकपत्र शुरु भएको छ। २० जनाको बकपत्र हुने जनाइएको छ। सो प्रकरणमा मुछिएकी युवती रुकु कार्की पनि आइतबारै जिल्ला अदालत चितवनमा हाजिर भएकी छन्। कार्की भने साधारण तारेखमा हिरासतम मुक्त भएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *