मापसे गरेर ड्राइभिङ गर्नेमाथि कारवाही गर्ने ट्राफिक प्रहरीको चेतावनी

डिसी नेपाल
६ असोज २०७६ १८:०१

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले चाडपर्वका बेला मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकलाई कडा कारवाही गर्ने बताए। उनले त्यसका लागि ठाउँठाउँमा सवारी चालकहरुको चेकजाँचको व्यवस्था गरिएको पनि जानकारी दिए।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख ढकालले दशैंमा संचालन हुने सबै यातायातको साधनमा दुई जना चालकको अनिवार्य व्यवस्था गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए। त्यसो नगरिए प्रहरीले कडा कार्वाही गर्ने पनि प्रमुख ढकालको भनाई छ ।

प्रमुख ढकालले दसैंका लागि टिकट बुकिङ काउन्टरहरुमा लुटपाटजस्ता अपराधिक गतिविधि हुन नदिन सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको पनि जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *