प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट

डिसी नेपाल
६ असोज २०७६ १८:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा सघाउने विश्वास व्यक्त गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। । नेपालमा छिट्टै हुने चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणको तयारीका क्रममा नेपाल आएको सो टोलीले दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने जनाएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण सफल हुनेमा आश्वस्त रहन आग्रह गर्दै आपसी सम्बन्धलाई अझ गाढा बनाउन नेपालको तर्फबाट पनि पहल गरिने बताएका थिए।

यही असोज २७ गते दुई दिने भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी काठमाडौं आउने अनौपचारिक चर्चा छ। सीको नेपाल भ्रमणबारे दुबै पक्षले औपचारिक जानकारी भने दिएका छैनन्। तर, पछिल्ला दिनहरुमा चिनियाँ नेताहरुको काठमाडौं भ्रमण बाक्लिएको छ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरेका थिए। हाल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लगायतको जम्बो टोली काठमाडौंमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *