कक्षा ११ को परीक्षाफल आज सार्वजनिक हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को परीक्षाफल मंगलबार (आज) सार्वजनिक हुँदै छ । गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म भएको कक्षा ११ को परीक्षाको नतिजा आज प्रकाशित हुने बोर्डले जनाएको छ।
बोर्डको सोमबार (हिजो) बसेको बैठकले सबै तयारी पुरा भइसकेको भन्दै मंगलबार परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो ।
आज बिहान बैठक बस्ने र नतिजाको तयारी गर्दा कुनै प्राविधिक त्रुटी नभए बेलुका नतिजा सार्वजनिक हुने परीक्षा बोर्डले जनाएको छ।
परीक्षामा ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए। ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए।
प्रतिक्रिया
Facebook Comment