नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु

डिसी नेपाल
७ असोज २०७६ १३:०८

सियोल । दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु भएको यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ ।

दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ ।

यस आगलागीमा अन्य ३६ जना घाइते भएका योन्हापले जानकारी दिएको छ । स्थानीय समयाअनुसार मङ्गलबार ९ः३० बजे आगोलागी शुरु भएको थियो ।

करिब १ सय ३० जना बृद्धहरुलाई नर्सिङ सुविधा दिएर राखिएको यस अस्पतलामा घाइते भएकाहरुमा छ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *