प्यासिफिक एशिया ट्राभल एसोसिएशन नेपाल (पाटा)लाई अन्तरराष्ट्रिय पुरस्कार

डिसी नेपाल
७ असोज २०७६ २०:४७

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफेशनल अवार्ड’ जितेको छ।

काजखस्तानको नुरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२औँ संस्करणले नेपाललाई उक्त पुरस्कार प्रदान गरेको पाटा नेपालले जनाएको छ।

शनिबार भएको पाटा च्याप्टर अवार्ड प्रस्तुतीकरण समारोहमा पाटा अध्यक्ष क्रिस बोट्रिल र प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाललाई उक्त पुरस्कार प्रदान गरेका थिए।

पुरस्कार ग्रहण गर्दै बुडालले लगातार तेस्रोपटक ‘पाटा बेष्ट च्याप्टर अवार्ड’ पाउनुले नेपालको पर्यटनको गरिमा बढेको बताए।

उनले नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा जानकारी दिए।

सोही कार्यक्रममा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले पाँच वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एन्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सले अस्टानामा अयोजित मेलामामा नेपालको गन्तव्यहरुको प्रवद्र्धन गरेका थिए।

काजखस्तानमा भएको उक्त मेलामा विश्वभरिका ६३ गन्तव्यबाट एक हजार २०० जनाले सहभागिता जनाएका थिए।

मेलामा आमन्त्रित क्रेताहरु तथा सहभागीहरुबीच आगामी वर्ष फेब्रुअरी तथा जुनमा आयोजना गरिने नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवं प्रवद्र्धन गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *