उड्डयन मन्त्रीले नै श्रीमतीको पासपोर्ट लिएर विदेश उड्न खोजेपछि…

डिसी नेपाल
८ असोज २०७६ १२:०२

काठमाडौं। पाकिस्तानका उड्डयनमन्त्री गुलाम सरवर खानलाई इस्लामाबाद अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीहरुले आफ्नो पासपोर्ट नलिइ विमानमा चढ्न खोजेपछि रोकेका छन् । पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनका अनुसार सोमबार मन्त्री खान आफ्नो पासपोर्टको सट्टा श्रीमतीको पासपोर्ट लिएर गएका थिए ।

मन्त्री खान टर्की जानको लागि विमानस्थल पुगेका थिए । अध्यागमनमा कागजात जाँच गर्ने क्रममा उनले अधिकारीलाई पासपोर्ट दिए । पासपोर्ट खोलेर हेर्दा त्यो उनको नभइ उनकी श्रीमतीको भेटियो । त्यसपछि खानको प्रोटोकल टिमले विमान उड्नुभन्दा अघि नै उनको घरबाट उनको पासपोर्ट ल्याइदिएपछि उनी टर्की जान पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *