सभामुखसँग काम गर्न सहज हुँदै गएकाे उपसभामुखहरुको निष्कर्ष

डिसी नेपाल
८ असोज २०७६ १५:३८

काठमाडौं। संघीय संसद र प्रदेश सभाका उपसभामुखहरुले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेका छन्। संघीय संसद र सबै प्रदेशका उपसभामुखहरुको मंगलबार काठमाडौं बसेको संयुक्त बैठकले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्ष निकालेको हो।

उनीहरुले सभामुखसँगको आफूहरुको सहयोगी भूमिकालाई अझै प्रभावकारुी बनाएर लैजाने प्रतिवद्धता पनि जनाएका छन्। डेढ वर्षको अनुभवले सभामुखसँग काम गर्न सहज हुँदै गएको निष्कर्षमा पुगिएको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

बुधबार काठमाडौंमा संचारकर्मीमाझ उनले आफूहरुको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजाने निष्कर्ष निकालिएको पनि जनाइन्।

सूदुरपश्चिम प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशीले सभामुखको सहयोगी भूमिकालाई अझै प्रभावकारी बनाउने विषयमा उपसभामुखहरुबीच छलफल गरिएको बताइन्। उनले यो छलफलले आफूहरुको भूमिकालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।

उपसभामुखहरुको बैठकमा संसदीय भाषाको प्रयोगका विषयमा पनि छलफल गरिएको थियो। उपसभामुखहरुले बोल्ने भाषा कसरी सन्तुलित बनाउन सकिन्छ? भन्ने विषयमा पनि छलफल गरिएको कर्णाली प्रदेश प्रदेश सभाकी उपसभामुख पुष्पा विष्टले जानकारी दिइन्।

गत वर्षको भाद्र ३ गतेदेखि नै संघीय संसद र प्रदेश सभाको अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ दुवै संसदका उपसभामुखहरुबीच संयुक्त छलफल हुँदै आएको छ।

संवैधानिक व्यवस्था अनुसारका आ– आफ्ना जिम्मेवारीलाई पूरा गर्न दुवै संसदमा उपसभामुखहरुबीच छलफल हुने गरेको राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले जानकारी दिइन्।

बैठकमा प्रतिनिधिसभाकी उपसभामुख तुम्बाहाङफे, राष्ट्रिय सभाकी उपाध्यक्ष दाहाल, प्रदेश २ प्रदेशसभाकी उपसभामुख उपमा कुमारी देव, गण्डकी प्रदेश प्रदेशसभाकी उपसभामुख सृजना शर्मा, कर्णाली प्रदेशकी प्रदेशसभा उपसभामुख विष्ट र सूदुरपश्चिम प्रदेश प्रदेशसभाकी उपसभामुख जोशीको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *