नेपाली क्रिकेट टिम सिंगापुर प्रस्थान, युवाको काँधमा जिम्मेवारी
काठमाडौं। सिंगापुर र ओमानमा हुने त्रिकोणात्मक सिरीजका लागि नेपाली क्रिकेट टिम बुधबार सिंगापुर प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले एक कार्यक्रमका बीच टिमलाई औपचारिक विदाई गरे।
सिंगापुरमा घरेलु टिम र जिम्बावे सम्मिलित त्रिकोणात्मक सिरीज र ओमान ५ देशको सहभागिता रहने टी–२० सिरिजका लागि नेपाली टिम सिंगापुर गएको हो । नेपाली टिम राती सवा १० बजे काठमाडौंबाट सिंगापुर उड्नेछ ।
विदाई कार्यक्रममा बोल्दै नेपाली टिमका कप्तान पारस खड्काले यृुवा खेलाडीले भरिएको टिमले राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए । नेपालले सिंगापुरमा खेलेपछि त्यतैबाट ओमान प्रस्थान गर्नेछ ।
यसपटक टिममा अनुभवी खेलाडी शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी रहेका छैनन् । उनको स्थानमा युवा खेलाडीलाई मौका दिइएको छ । जसमा कुशल मल्ल र इशान पाण्डेले पहिलो पटक टिममा स्थान बनाएका छन भने आरिफ शेखले कमब्याक गरेका छन ।
सिंगापुरमा हुने त्रिकोणात्मक शृंखला
असोज १० – नेपाल बिरुद्ध जिम्बाब्वे
असोज ११ – नेपाल बिरुद्ध सिंगापुर
असोज १४ – नेपाल बिरुद्ध जिम्बाब्वे
असोज १५ – नेपाल बिरुद्ध सिंगापुर
ओमानमा आयोजना हुने प्रतियोगिता
असोज १९ – नेपाल बिरुद्ध हंगकंग
असोज २० – नेपाल बिरुद्ध नेदरल्यान्ड्स
असोज २२ – नेपाल बिरुद्ध आयरल्यान्ड
असोज २३ – नेपाल बिरुद्ध ओमन
Facebook Comment