वर्षाले खेल रोकिएपछि बंगलादेश र अफगानिस्तानले बाँडे सिरिज

डिसी नेपाल
९ असोज २०७६ ८:०५

एजेन्सी । त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत बंगलादेश र अफगानिस्तानबीचको फाइनल खेल नतिजा विहीन सकिएको छ ।

ढाकामा मंगलबार राति भारी वर्षाको कारण खेल रद्द भएसँगै फाइनल नतिजा विहीन सकिएको हो । योसँगै बंगलादेश र अफगानिस्तानले सिरिज बाँडेका छन् ।

घरेलु टिम बंगलादेश ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । ४ खेलमा ४ अंक जोडेको अफगानिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको थियो ।

जिम्बावे भने ४ खेलमा २ अंक जोड्दा सिरिजको फाइनलमा पुग्न असफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *