पेनाल्टीमा जित निकाल्दै युनाइटेड काराबाओ कप फुटबलको चौंथो चरणमा

डिसी नेपाल
९ असोज २०७६ ९:०८

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा लिग वान क्लब रोचडेललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै युनाइटेड चौंथो चरणमा पुगेको हो । युनाइटेडको घरेलु मैदानमा निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टीमा युनाइटेडका जुवान माटा, ड्यानियल जेम्स, फ्रेड, आन्द्रियास पेरिरा र मासोन ग्रीनवुडले गोल गरे । रोचडेलका काल्भिन एन्ड्रयु, आरोन मोरले र आरोन विल्ब्राहमले गोल गरे ।

त्यसअघि खेलको ६८ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा लुक माथिसनले गोल गर्दै रोचडेललाई खेलमा फर्काएका थिए । पेनाल्टीमा भने युनाइटेड सफल भयो ।

अब युनाइटेडले चौंथो चरणमा चेल्सीको सामना गर्नेछ । चेल्सीले ग्रिम्स्बी टाउनलाई ७-१ ले हराएर यसअघि नै चौंथो चरणमा स्थान बनाईसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *