आतंकवादी घोषित हाफिज सईदलाई संयुक्त राष्ट्रसंघले दियो राहत
एजेन्सी। वैश्विक आतंकवादी घोषित लश्कर ए तैयबाका प्रमुख हाफिज सइदलाई संयुक्त राष्ट्रसंघले राहत दिएको छ । राष्ट्रसंघले हाफिज सइदलाई आफ्नो दैनिक कामकाजको लागि बैंक खाता प्रयोग गर्न अनुमति दिएको छ । यसअघि राष्ट्रसंघले सइदलाई बैंक खाता प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले राष्ट्रसंघमा उनलाई बैंक खाता प्रयोग गर्न अनुमति दिन आग्रह गरेको थियो ।
मुम्बइमा भएको आतंकवादी आक्रमणको मास्टरमाइण्ड हाफिज सइद नै भएको भारतले दावी गर्दै आएको छ । यो आक्रमण २००८ मा भएको थियो । भारतले हाफिज सइदसहित मौलाना मसूद अजहर, जकी उर रहमान लखवी र अण्डरवर्लरड डन दाउद इब्राहिमलाई केही समयअघि वान्टेड आतंकवादी घोषित गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment