छनोटकर्ताले धोनीलाई टिममा छनोट नगरेका होइनन्, यस्तो छ उनी टिममा नहुनुको कारण

डिसी नेपाल
९ असोज २०७६ १२:२४

काठमाडौं। भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी अहिले टिमबाट बाहिर छन् । विश्वकपपछि उनी अहिलेसम्म राष्ट्रिय टिममा फर्केका छैनन् । वेष्ट इण्डिज सिरिजका बेला धोनी सेनासँग भएकोले टिममा परेका थिएनन् । तर, दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा पनि उनलाई टिममा राखिएन । धेरैले धोनीलाई छनोटकर्ताले नै टिममा नराखेको अनुमान गरे । तर, अहिले भने धोनी टिममा नहुनुको कारण खुलेको छ ।

खासमा धोनी घाइते भएका कारण टिममा नपरेका हुन् । द इण्डियन एक्सप्रेसले बीसीसीआइलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार विश्वकप खेल्न जाने बेला धोनीको पिठ्यूँमा पीडा थियो । यो दुखाइ विश्वकपका क्रममा झनै बढ्यो । असका अलावा विश्वकपका बेला धोनीको हातको नाडीमा समेत चोट लागेको थियो । समाचारमा उल्लेख भएअनुसार धोनी नोभेम्बरसम्म फिट हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *