चिनियाँ राष्ट्रपति सीको भ्रमण मितिबारे सरकार घुमाउरो जवाफ

डिसी नेपाल
९ असोज २०७६ १८:०२

काठमाडौं। सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार चिनियाँ राष्ट्रलाई सी जिन फिङको असोजको अन्तिम साता हुने भनिएको नेपाल भ्रमणको तिव्र प्रतिक्षामा रहेको बताएका छन्। उनले भ्रमणको मितिबारे भने केही बताएनन्।

मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको कार्यतालिका भने खुलाउन चाहेनन्। ‘समयक्रममा उहाँको नेपाल भ्रमणको कार्यतालिका खुल्दै जानेछ’, मन्त्री बाँस्कोटाको भनाई थियो, ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय हितमा केन्द्रित हुनेछ ।’

बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार विश्वका जुनसुकै मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको नेपाल भ्रमणको स्वागत गर्न तयार रहेको पनि स्पष्ट पारे। चीनको आर्थिक तथा सामाजिक विकासबाट नेपालले धेरै सिक्ने सक्ने पनि मन्त्री बाँस्कोटाको भनाई थियो ।

मन्त्री बाँस्कोटाले आफूमाथि भ्रष्टाचारको आरोप लगाई केही मिडियाले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति पनि जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *