युट्युब ट्रेन्डिङमा ‘छक्का पञ्जा २’, तर धेरैको प्रतिक्रिया ‘झुर फिल्म’ !

डिसी नेपाल
९ असोज २०७६ १९:४५

काठमाडौं । दुई वर्षअघिको हिट चलचित्र ‘छक्का पञ्जा २’ गत सोमबार मात्रै युट्युबमा सार्वजनिक गरियो। यो चलचित्रलाई युट्युबका दर्शकले धेरै पहिलेदेखी पर्खिएका थिए।

निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकको कमेन्टमा पनि धेरैले प्रश्न गर्थे, –‘छक्का पञ्जा २’कहिले आउँछ ? लामो समय चलचित्र युट्युबमा सार्वजनिक नगर्दा दीपकराज गिरीमाथि दर्शकहरू रुष्ट समेत बनेका थिए ।

अन्नतः चलचित्र युट्युबमा सार्वजनिक भएर ट्रेन्डिङ नम्बर २ मा बसेको छ। रिलिज भएको दोस्रो दिनमै ट्रेन्डिङमा आएको चलचित्रलाई यो समाचार तयार पार्दासम्म झण्डै ३७ लाख १० हजार बढीले हेरिसकेका छन्।  तर, युट्युबमा चलचित्रले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया धेरै पाएको छ।

धेरै प्रतिक्रियाहरु ‘बोरिङ’, ‘बकवास’, ‘झुर’ भन्ने छन्। कतिपयले कमेन्टमा पनि चलचित्र ढिलो सार्वजनिक गरेको भन्दै दीपकराजलाई गाली गरेका छन्। केहीले ‘बोल्नको पिठो पनि विक्छ भनेको यही हो’ भन्ने प्रतिक्रिया दिएका छन त केहीले राम्रो नभएकोले ढिलो सार्वजनिक गरेको कमेन्ट गरेका छन्। केहीले भने कलाकार केदार घिमिरेको अभिनय राम्रो लागेको प्रतिक्रिया दिएका छन्। सरसर्ती हेर्दा सकारात्मकभन्दा नकारात्मक कमेन्ट नै बढी देखिन्छ।

दुई वर्षअघिको दशैंमा प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो। दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ, प्रियङ्का कार्की लगायतको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *