सिरी ‘ए’मा एसी मिलानको लगातार दोस्रो हार

डिसी नेपाल
१० असोज २०७६ ७:१२

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो हार बेहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो । सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा तेस्रो हार हो । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो ।

टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुगेको हो । लोरेन्जो डि सिल्भेस्ट्रीले फल गरेपछि खेलको १८औं मिनेटमा क्रिजिस्टफ पियाटिकले पेनाल्टीमा गोल गर्दै मिलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा मिलान समस्यामा परेको थियो । टोरिनोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा २–१ को अग्रत लिएको थियो । ७३औं मिनेटमा एन्ड्रिया बेलोटीले बराबरी गोल फर्काएका थिए । त्यही गोलमा वैकल्पिक गोलरक्षक पेप रैनाले रेफ्रीसँग अनावश्यक विवावद गरेवपछि रेफ्रीले पेपलाई रातो कार्ड देखाउदै बेन्चबाट बाहिर पठाएको थियो ।

७६औं मिनेटमा बेलोटीले गोल गर्दै मिलानलाई २–१ ले अघि बढाए । त्यसपछि गोल हुन नसक्दा टोरिनो विजयी हुन सफल भयो । जितसँगै टोरिनो ५ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लदा मिलान ५ खेलबाट ६ अंक जोडेर १३औं स्थानमा छ । इन्टर मिलान ५ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १३ अंक रहेको युभेन्टस दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *