पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

डिसी नेपाल
१० असोज २०७६ ८:४३

बैतडी । पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि वीरेन्द्र विष्टले ४२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यसअघि ब्याटिङ गर्दै भूमेश्वरले १५ ओभरमा ७७ रन मात्र बनायो ।

अर्को खेलमा पाटन नगरपालिका–८ सिद्धेश्वरलाई नौ विकेटले हराउँदै पाटन–५ बसन्तपुर विजयी भयो । सिद्धेश्वरले दिएको १२८ रनको लक्ष्य बसन्तपुरले एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि म्यान अफ द म्याच मनोज ठगुन्नाले अविजित ६७ रन बनाए ।

यस अघि पहिला ब्याटिङ गरेको सिद्धेश्वरले कृष्ण विष्टको अर्धसतकीय पारीको मद्दतमा १२७ रन बनायो । विष्टले ५५ रन बानाए । बलिङतर्फ बसन्तपुरका प्रकाश ठगुन्नाले तीन विकेट लिए । बुधवारदेखि शुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ । पाटन नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *