पराजित भइसकेको खेल उल्ट्याएर इवारले सेभिल्ला हराउँदै ला लिगामा पहिलो जित निकाल्यो

डिसी नेपाल
१० असोज २०७६ ९:३४

एजेन्सी । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इवारले स्पेनिस ला लिगामा सेभिल्लामाथि रोमाञ्चक र पूनरागमन जित निकालेको छ । घरेलु टोली इवारले सेभिल्लामाथि ३–२ को रोमाञ्चक र पूनरागमन जित निकालेको हो ।

ला लिगाको नयाँ सिजनमा इवारको यो पहिलो जित हो । इवारले २ बराबरी र ३ हार बेहोरेको छ । इवारका फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले गोल गरे । सेभिल्लाका लुकास ओकाम्पस र ओलिभर टोेरेसले गोल गरे ।

खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै पाहुना टोलीलाई खेलमा अघि बढाए । ३३औं मिनेटमा ओलिभरले गोल गरेपछि घरेलु टोलीविरुद्ध सेभिल्लाले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

तर, सेभिल्लाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६६औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । ७७औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा जोसेले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए । जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । सेभिल्ला १० अंकसहित सातौ स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *