अदालतमा उपस्थित नभएपछि सलमानमाथि संकट थपियो

डिसी नेपाल
१० असोज २०७६ १३:२८

एजेन्सी। कालो हरिण शिकार मुद्दामा आज सुनुवाइको दिन बलिउड अभिनेता सलमान खान अदालतमा उपस्थित भएनन् । अर्को सुनुवाइ १९ डिसेम्बरलाई तोकिएको छ । सोपू ग्याङबाट धम्की आएको भन्दै सलमान आज अदालतमा उपस्थित भएका थिएनन् । यही बीच लमानमाथि अर्को संकट थपिएको छ । यो मुद्दामा सलमानविरुद्ध लड्दै आएको विश्नोइ समाजले सलमानविरुद्ध अर्को मुद्दा दायर गर्ने घोषणा गरेको छ ।

हरिण शिकार मुद्दामा विश्नोइ समाजको तर्फबाट लडिरहेका वकिल महिपाल विश्नोइले भने ‘जब सलमानलाई यो मुद्दामा अदालतमा पेश हुनुपर्ने हुन्छ त्यसको १–२ दिन पहिले सामाजिक संजालमार्फत कुनै न कुनै ग्याङको धम्कीको हल्ला फैलाइन्छ । त्यो ग्याङले विश्नोइ समाजको नाम लिएर ज्यान मार्ने धम्की दिन्छ । यो विश्नोइ समाजलाई बदनाम गर्ने कोसिस हो ।’

उनले अगाडि भने ‘अघिल्लो पटक पनि यस्तै भएको थियो । जब उनी अदालतमा पेश हुनुपर्ने थियो त्यतिबेलै लरेन्स विश्नोइ नामको ग्याङको नामबाट धम्की दिइयो । तर जाँचमा केही पनि भेटिएन । यस पटक पनि उनी अदालतमा पेश हुने बेला सोपु नामको ग्याङको नामबाट धम्की दिइएको छ । जसलाई ज्यान मार्ने धम्की दिइन्छ उसले पुलिसमा गएर उजुरी गर्छ । तर, यो मुद्दामा पुलिसमा उजुरी गरिन्न सिधै अदालतमा बताइन्छ । विश्नोइ समाजका मानिसहरु आज जम्मा भएर अदालतमा उजुरी गर्नेछन् कि यसरी अदालतमा पेश हुने बेला विश्नोइ समाजको नामबाट फैलाइएका धम्कीको जाँच गरियोस् । यो अदालतमा पेश नहुनको लागि गरिएको षड्यन्त्र हुन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *