सिपिएलमा डुमिनीको तुफान, मुस्किलले बच्यो युवराज सिंहको रेकर्ड

डिसी नेपाल
१० असोज २०७६ १५:०५

काठमाडौं। दक्षिण अफ्रिकाका अलराउण्डर जेपी डुकिनी अहिले क्यारेवियन प्रिमियर लिग खेलिरहेका छन् । बिहीबार डुमिनीले बारबाडोस ट्राइडेन्ट्का तर्फबाट खेल्दै शाहरुख खानको स्वामित्वमा रहेको ट्रिनबागो नाइटराइडर्सविरुद्ध यस्तो विष्फोटक ब्याटिङ गरे कि हेर्ने सबै रोमाञ्चित भए ।

डुकिनीले केवल १५ बलमै अर्धशतक ठोके । जेपी डुकिनीसँग युवराज सिंहको रेकर्ड तोड्ने मौका थियो । टि–२० मा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड युवराज सिंह, क्रिस गेल र हजरतुल्लाह जजाइसँग छ । यी तीनै जनाले १२ बलमा अर्धशतक बनाएका छन् । युवराजले अन्तर्राष्ट्रिय टि–२० मा १२ बलमा अर्धशतक बनाएका हुन् ।

जेपी डुमिनीले क्यारेवियन प्रिमियर लिगमा १५ बलमा अर्धशतक बनाए जो सिपिएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक हो । डुमिनीले केवल २० बलमा ६५ रनको इनिङ खेले । आफ्नो तुफानी इनिङमा डुमिनीले ७ छक्का र ४ चौका हाने । डुमिनीको विष्फोटक इनिङपछि

बारबाडोसले १९२ रनको स्कोर खडा गर्यो । बारबाडोसले यो खेल ६३ रनले जित्यो । बारबाडोस नेपाली खेलाडी सन्दिप लामिछाने आवद्ध टिम हो । सन्दिप भने टि–२० सिरिज खेल्न नेपाली टिममा फर्किसकेकोले यो खेलमा थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *