न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा सबैले साथ दिनुहोस्ः प्रधानन्यायाधीश जबरा

डिसी नेपाल
१० असोज २०७६ १६:११

काठमाडौं। प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन्।

प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्षमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट पारे।

दसैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसर पारेर शुक्रबार सर्वोच्च अदालतले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले मुलुकको विकास, समृद्धि तथा सुशासन र न्यायपूर्ण समाज स्थापनाका लागि यस्ता चाडपर्वहरुले उर्जा र प्रेरणा प्रदान गरुन भन्ने कामना गरे।

प्रधानन्यायाधिश जबराले संविधानवाद, लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि पनि न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता सर्वोपरी र सर्वकालीन महत्वको विषय भएको पनि स्मरण गराए।

प्रधानन्यायाधिश जबराले संविधान र कानुनमा उल्लेख गरिएका विषयलाई व्यवहारबाटै कार्यान्वयन गरेर स्वतन्त्र र स्वायत्त न्यायापालिकाको सुनिश्चितता गर्नुपर्ने आवश्यक्ता पनि आंैल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *