क्यानमा चुनावी माहोल, दुबै पक्ष प्यानल बनाएर चुनावमा जाँदै

डिसी नेपाल
१० असोज २०७६ २१:५०

काठमाडौं। नेपाल क्रिकेट संघको साधारण सभा शुक्रबार काठमाडौंमा शुरु भएको छ। शुक्रबार उद्घाटन तथा बन्द सत्र भयो भने नयाँ कार्यसमिति चयनका लागि शनिबार चुनाव हुने भएको छ।

जम्मा ५९ प्रतिनिधिले मतदान गर्ने चुनावमा दुई समूहले प्यानल बनाएनर चुनावमा जाने तयारी गरेका छन्। १७ सदस्यीय कार्य समितिका लागि पूर्व अध्यक्ष विनयराज पाण्डे र अर्का पूर्व अध्यक्ष चतुरबहादुर चन्द अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

चन्दको प्यानलबाट उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिबमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशन कुमार सिंहले प्रतिस्पर्धा गर्न लागेका छन्।

पाण्डेको प्यानलमा उपाध्यक्ष मिंगामा डुन्डु शेर्पा छन् भने सचिबमा विनोद मैनाली छन्। यस्तै सो मसूहबाट कोषाध्यक्षमा उपेन्द्र भट्टराईले प्रतिस्पर्धा गर्नेछन्।

दुबै पक्षले अन्य सदस्यहरुका लागि भने तयारी भइरहेको बताएका छन्। दुबै समूहले आ आफ्नो जित दावी गरेका छन्। चन्द नेपाली काँग्रेस निकट हुन भने पाण्डेलाई सत्तारुढ दल नेकपाको सहयोग छ। चन्द समूहका एक प्रतिनिधिले आफूहरुको जित निश्चित रहेको बताए। उनले ३५ देखि ४० मत आफ्नो पक्षमा रहेको दावी गरे।

अर्को पक्षले पनि जित आफ्नो हुने दावी गरेको छ। उसले पनि ३५ मतसम्म पाउने दावी गरेको छ।

विनोद मैनालीसमेत पाण्डेको समूहबाट चुनाव लड्ने भएपछि कडा प्रतिस्पर्धा हुने देखिएको हो। नत्र चन्द समूह हावी हुन सक्ने देखिएको थियो। जसरी पनि चन्द समूहलाई रोक्ने सत्तारुढ नेकपाको प्रयास स्वरुप अध्यक्ष लड्ने बताइरहेका मैनाली अन्तिम समयमा पाण्डेको समूहबाट सचिब लड्न तयार भएका हुन्।

क्यान कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ। हाल निलम्बित अवस्थामा रहेको क्यान यो साधारणसभा पनि फुकुवा हुने सम्भावना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *