माल्दिभ्सलाई हराउँदै भारत साफ यू–१८ फुटबलको फाइनलमा, उपाधिका लागि बंगलादेशसँग भिड्ने

डिसी नेपाल
११ असोज २०७६ ७:२३

काठमाडौं । भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन नरेन्द्रर गहलट, मानबिर सिंह र मीतेइ निन्थोइङबाले एक एक गोल गरे । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो । माल्दिभ्सका अह्नाफ राशिदले आत्मघाती गोल गरे ।

माल्दिभ्सविरुद्ध भारतले खेलको सातौं मिनेटमा नरेन्द्ररको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा भारतका खेलाडीले प्रहार गरेको बल माल्दिभ्सका राशिदलाई लाग्दै गोलमा परिणत हुँदा भारतले २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा भारतले थप दुई गोल गर्यो । खेलको ७८ औं मिनेटमा मानबिरले गोल गर्दै भारतको अग्रता ३–० को बनाए । त्यसपछि खेलको ८३ औं मिनेटमा निन्थोइङबाले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ४–० ले हराएर बंगलादेश फाइनलमा पुगेको हो ।बंगलादेशलाई जित दिलाउन तानबिर हुसेन, फोसल अहमेद फाहिम,मिराज हुसेन र दिपक रोयले एक एक गोल गरे ।

फाइनल खेल आइतबार हल्चोकमा हुनेछ । यस्तै भुटान र माल्दिभ्सबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *