ट्राफिकले काटे जरिवानाको रसिद, तिर्ने पैसा नभएपछि राजुले गरे आत्महत्याको प्रयास

डिसी नेपाल
११ असोज २०७६ ११:२४

काठमाडौं। ट्राफिक प्रहरीले ट्राफिक नियम मिचेपछि काटेको जरिवाना तिर्ने पैसा नभएपछि एक टेम्पो चालकले आत्महत्याको प्रयास गरेका छन् । आज तकको समाचार अनुसार भारतको अहमदाबाद शहरमा एक अटोरिक्सा चालकले आत्महत्याको प्रयास गरेका हुन् । ट्राफिकले उनलाई १८ हजार रुपैयाँका चलान काटेका थिए ।

भारतमा अहिले नयाँ ट्राफिक नियम लागू भएको छ । नयाँ नियमअनुसार जरिवानाको राशी निकै धेरै हुन्छ । यो नियमका कारण अहिले भारतमा जनता त्रासमा छन् । राजु सोलंकी नामका यी टेम्पो चालकलाई आत्महत्याको प्रयासपछि अस्पतालमा भर्ना गरिएको छ । आर्थिक स्थिति कमजोर भएका कारण उनी जरिवानाको राशी तिर्न असमर्थ छन् । जरिवाना नतिरेपछि पुलिसले उनको टेम्पो जफत गरेको छ ।

राजुकी पत्नी विनाका अनुसार उनीहरुको परिवारसँग २ छाक टार्न पनि पैसा पुग्दैन । उनीहरुका सन्तान र उनीहरु कसरी जीवित रहन्छन् भन्ने नै सबैभन्दा ठूलो प्रश्न हो । परिवारको आर्थिक स्थिति नाजुक भएका कारण यति धेरै जरिवाना तिर्नु परेपछि राजुले आत्महत्याको प्रयास गरेका हुन् । राजुका अनुसार टेम्पो जफत भएपछि उनीसँग अब कमाइको कुनै बाटो छैन । राजुले स्नातकसम्म पढेका छन् तर पढाइ भएर पनि जागिर नपाएपछि टेम्पो चलाउन थालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *