पब्लिक ईनोभेटर ईं दीपेन्द्र कँडेललाई पितृशोक

डिसी नेपाल
११ असोज २०७६ १८:०२

काठमाडौं। पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेललाई पितृशोक परेको छ । उनका पिता ज्योति प्रसाद कँडेलको ७४ वर्षको उमेरमा शुक्रबार ललितपुरको हरिसिद्धिस्थित् नेपाल क्यान्सर असप्तालमा निधन भएको हो । स्याङ्जामा जन्मिएका दिवंगत कँडेलका श्रीमती, तीन छोरा क्रमशः प्रविन कँडेल, दीपेन्द्र कँडेल, प्रवेश कँडेल र एक छोरी प्रविना कँडेल रहेका छन् ।

दीपेन्द्र कँडेल

दिवंगत कँडेलको भारतस्थित् राजिव गान्धी मेमोरियल अस्पताल र मेदान्त र काठमाडौंमा नेपाल मेडिसिटी, नर्भिक ईन्टरनेश्नलमा पनि उपचार गरिएको थियो । उनको शनिबार स्याङमा अन्त्येष्टि गरिएको छ । कँडेलको श्रद्धाञ्जलीका लागि स्थानीय सबै दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको परिवारजनले जनाएको छ ।

कँडेल तत्कालीन् पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला ऋण न्यायाधिकरण विभागमा राजनीतिक नियुक्ती पनि पाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *