मेस्सीविना मैदानमा उत्रेको बार्सिलोनाको जित

डिसी नेपाल
११ असोज २०७६ २३:१८

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २–० ले हराएको हो ।

नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेनन् ।

खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ ।

पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।

ला लिगा अन्तर्गत नै अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई १० ले पराजित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *