नेयमारको निर्णायक गोलमा पीएसजीको साँघुरो जित

डिसी नेपाल
११ असोज २०७६ २३:३९

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) शनिबार राती भएको खmेलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले बोर्डूअक्सलाई १–० गोल अन्तरले पाखा लगायो।

पीएसजीको जितमा नेयमार नायक बने । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा नेयमारले निर्णायक गोल गरेका थिए ।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ८ खेलमा १८ अंक जोडेको छ । पराजित बोर्डूअक्स १२ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *