चिया बगानमा कार्यरत महिलालाई नयाँ साडी

डिसी नेपाल
१२ असोज २०७६ ०:००

सुरुङ्गा । मेचीनगर–७ स्थित सतिघट्टा चिया बगानमा कार्यरत महिला मजदुरहरूलाई निःशुल्क कपडा वितरण गरिएको छ ।

चाडपर्वको अवसर पारेर मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरूकै घरमा पुगेर कपडा वितरण गरेका हुन्।

ज्याला मजदुरी गरेको पैसाले खान समेत नपुग्ने अवस्थामा रहेका उनीहरूलाई दशैं, तिहार तथा छठलगायतका महान चाडपर्व मनाउनका लागि उनले आफ्नो निजी खर्चमा उनीहरूलाई साडी वितरण गरेको वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेले बताए।

वडा अध्यक्ष मेचेको अगुवाइमा ५० जना भन्दा बढी महिलालाई साडी बितरण गरिएको हो । विपन्न समुदायका ती महिलाले नयाँ साडी पाएसंगै खुशी भएका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *