रोनाल्डोको गोलमा युभेन्ट्स विजयी

डिसी नेपाल
१२ असोज २०७६ ६:१९

एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । शनिबार भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मिरालिम पाजनिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको ४५ औं मिनेटमा पाजनिकले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० ले जित दिलाए ।

युभेन्ट्सले ६ खेलबाट १६ अंक जोडेको छ।एसपीएएलको ६ खेलमा ३ अंक छ । र, एसपीएएल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *