इन्टर मिलान सिरी ‘ए’को शीर्ष स्थानमा

डिसी नेपाल
१२ असोज २०७६ ७:३१

एजेन्सी । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा साम्पडोरियालाई ३–१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

१० खेलाडीमा सिमित इन्टरलाई जित दिलाउन स्टेफानो सेन्सी, एलेक्सिस सान्चेज र रोबर्टो गाग्लीआर्डीनीले एक एक गोल गरे । साम्पडोरियाका जाकुब जान्क्टोले एक गोल फर्काए ।

यस्तै खेलको ४६ औं मिनेटमा सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समिति बनेको थियो । जितसँगै शीर्ष स्थानमा फर्किएको इन्टरले ६ खेलमा १८ अंक जोडेको छ । लिगमा अपराजित इन्टरले दोस्रो स्थानको युभेन्ट्सलाई २ अंकले पछि बनाएको छ । ३ अंक जोडेको साम्पडोरिया पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *