इटालियन क्लब रोमाले लगायो एक समर्थकलाई आजीवन प्रतिबन्ध

डिसी नेपाल
१२ असोज २०७६ ११:२४

एजेन्सी । इटालियन क्लब रोमाले आफ्ना एक समर्थकलाई आजीवन प्रतिबन्ध लगाएको छ ।

आफ्ना खेलाडीमाथि रंगभेदीय दुर्व्यवहार गरेको भन्दै रोमाले आन्द्रिया नाम गरेको एक समर्थकलाई प्रतिबन्ध गरेको हो । रोमाले ब्राजिलियन डिफेण्डर जुआन जेसिसमाथि सामाजिक सञ्जालबाट दुर्व्यवहार गरेको कारण प्रतिबन्ध गरेको जनाएको छ ।

रोमाले जेसिसलाई दुर्व्यवहार गर्ने व्यक्तिको इन्टाग्राम सन्देश र डिटेल सार्वजनिक गर्दै उनलाई कारबाही गरिएको बताएको छ । रोमाले इटालियन प्रहरीमा उजुरी दिएको समेत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *