वायर्नको कठिन जित

डिसी नेपाल
१२ असोज २०७६ १२:५१

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले एससी पाडेरवोर्नलाई ३–२ गोल अन्तरले हराएको हो ।

पाडेरवोर्नको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सेर्गी गेनब्री, फिलिपे कौटिन्हो र रोबर्टो लेवान्डोस्कीले समान एक–एक गोल गरे ।

पाडेरवोर्नका केइ प्रोग्रर र जामिलु कोलिन्सले एक एक गोल फर्काए । जितसँगै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । वायर्नले ६ खेलबाट १४ अंक जोडेको छ ।

पराजित पाडेरवोर्न १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *