पोल्याण्डकी एक पर्यटकको लेक लागेर मृत्यु

डिसी नेपाल
१२ असोज २०७६ १९:५५

गोरखा। गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिबार मृत्यु भएको छ । हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् ।

बोकेर तेस्रो शिविर ल्याइपुर्याउँदा उनको मृत्यु भएको शर्माले बताए। मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए। घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *