मास मोबाइल जोन सञ्चालनमा

डिसी नेपाल
१२ असोज २०७६ २१:२६

काठमाडौं । मोबाइल व्यवसायमा विगत डेढ दशकदेखि सक्रिय युवा व्यवसायीहरुको नेतृत्वमा मास मोबाइल जोन संचालनमा आएको छ।

पाको न्यूरोडमा अवस्थित मास मोबाइल जोनले आफ्ना ग्राहकहरुलाई हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ।

ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्दै आएको मास मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसर पारेर प्रत्येक मोबाइल फोनको खरिदमा इन्स्योरेन्सको सुविधा निशुल्क दिने भएको छ।

मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको साथमा कम्पनीले आफ्नो जोनबाट बिक्री गरिने हरेक मोबाइल फोनमा ५ प्रतिशतको इन्स्योरेन्स आफैंले गरिदिने भएको हो। यो सुविधा नेपालभरी मास मोबाइल जोनमा मात्र उपलब्ध रहेको छ।

मास मोबाइल जोनमा मात्र उपलब्ध एक्सक्लूसिभ इस्न्योरेन्स अफर अन्तरगत किनेको कुनैपनि ब्राण्डका मोबाइल फोनहरु डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा पुरै इन्स्योरेन्स सुविधा उपलब्ध हुनेछ।

साथै कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई मोबाइल किनेपछि रु १,०० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनेछ।

त्यसैगरि कम्पनीले आफ्ना हरेक ग्राहकहरुलाई दशैंको अवधिभर फोन किन्दा प्रत्येक खरिदमा एउटा ५०० एमएलको कोकाकोला र पपकर्न निशुल्क दिनेछ।

यसबाहेक मास मोबाइल जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ब्राण्डेड ईयरफोन सित्तैमा दिने भएको छ।

कम्पनीले ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराउने छ । यी फोनहरुमा कम्पनीले ग्राहकहरुलाई अधिकतम छुट सहित स्मार्टफोन बिक्रीगर्ने योजना ल्याएको छ।

मास मोबाइल जोनमा भ्याटबिलसहित आधिकारीक मोबाइल फोनहरु मात्र बिक्री गर्ने तथा ग्राहकहरुलाई सम्पूर्ण सुविधाहरु उपलब्ध गराएको कम्पनीका निर्देशक मनोज मानन्धरले जानकारी दिए।

यसपालिको दशैंमा मास मोबाइल जोनको रिटेल स्कीम कस्टमरको लागि सबैभन्दा राम्रो सस्तो र भरपर्दो हुनुका साथै हरेक मोबाइलको खरिदमा धेरै उपहारहरु राखिएको कम्पनीका निर्देशक मानन्धरले दाबी गरे।

‘बजारमा जताततै अवैध र ग्रेका मोबाइल फोनहरु ग्राहकहरुलाई झुक्याएर बेच्ने गरिएको गुनासो रहँदै आएको छ, तर हामी भ्याट बिल काटेर नै ग्यारेन्टीका साथ ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराउनेछौं,’ निर्देशक मानन्धरले जानकारी दिए।

मास मोबाइल जोनबाट खरिद भएका मोबाइल फोनहरुमा कुनै समस्या आएमा त्यसको लागि सर्भिस सेन्टर समेत राखिएको छ। जहाँ ग्राहकहरुले अन्य बजारमा भन्दा सुपथ मूल्यमा गुणस्तरीय मोबाइल सर्भिस प्राप्त गर्न सक्नेछन्।

यसबाहेक ग्राहकहरुलाई विभिन्न मोबाइल ब्राण्डहरुले ल्याएका अफरहरुमा पनि समावेश गरिनेछ।

हाल भीभो स्मार्टफोनको खरिद बडा चाडको उमंग अफर योजना सार्वजनिक गरेको छ, जसअन्तरगत इण्डोनेशियाको बाली टूर जित्न सकिनेछ भने ओपो स्मार्टफोनले पनि ग्राहकहरुका लागि दशैंको अफर दिएको छ जसअन्तरगत बिजेताहरुले प्रत्येक साता इण्डोनेशियाको बाली टूर जान सक्नेछन्।

मास मोबाइल जोनमा ओपो, भीभो, हनर, ह्वावे, शाओमीलगायत विभिन्न ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा विशेष अफर र योजनासहित उपलब्ध रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *