एएफसी वुमेन्स क्लब च्याम्पियनसिप हुने

डिसी नेपाल
१२ असोज २०७६ २२:२०

बैंकक (एजेन्सी) । एएफसीले एएफसी वुमेन्स क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा आयोजना गर्ने भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को महिला कमिटीले एएफसी वुमन्स क्लब च्याम्पियनसिप फुटबल आयोजनाको लागि अनुमति दिएको छ ।

एएफसी यू–१६ वुमन्स च्याम्पियनसिप फाइनलको क्रमममा थाइल्याण्डमा बसेको कमिटीले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पहिलो संस्करणको च्याम्पियनसिपमा भने चार राष्ट्रका क्लबले प्रतिस्पर्धा गर्ने छन् । जसमा अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरियाले सहभागिता जनाउने छन् ।

च्याम्पियनसिप आगामी नोभेम्बर २६ देखि ३० सम्म राउण्ड रोबिनको आधारमा हुनेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *