‘अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा म्यान्चेस्टर युनाइटेड’

डिसी नेपाल
१३ असोज २०७६ १२:५४

लिड्स । इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएका छन्।

टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ। प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका खेलाडी भित्र्याउनेतर्फ विचार विमर्श थालिएको जानकारी दिए ।

उहाँले हामी खेलामा केही नयाँपन ल्याउन चाहेका छौं, र हामीले केही लामो समयको करारमा खेलाडी भित्र्याउन खोजेका बताए। म्यान्चेस्टर युनाइटेडले युभेन्टसका मारियो मान्जुकी र पाउलो डिबाला, बोरुसिया डर्टमन्डका जाडोन सान्चो र एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सलाई ल्याउन प्रयास गरिरहेको छ।

युनाइटेड हाल प्रिमियर लिगमा ११औं स्थानमा छ।सोमबार युनाइटेडको खेल आर्सनलसँग हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *