रजनीले जितिन ऐतिहासिक दुई पदक

डिसी नेपाल
१३ असोज २०७६ १९:२३

काठमाडौं । नेपालकी रजनी श्रेष्ठले इन्डोनेसियामा जारी ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै इतिहास रचेकी छिन् ।

इन्डोनेसियाको बताममा सोमबार रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास बनाएकी हुन् । रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितिन ।

यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा काँस्य पदक जित्दै इतिहास बनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *