‘रिजालमाथिको आक्रमण प्रयास सत्ता उन्मादको पराकाष्ठा’

डिसी नेपाल
१३ असोज २०७६ २२:३९

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालमाथि भएको आक्रमण प्रयास सत्ता उन्मादको पराकाष्ठा भएको बताएका छन् ।

रिजालमाथिको आक्रमण प्रयासप्रति प्रतिक्रिया जनाउँदै नेता पौडेलले नेकपाका पछिल्ला हर्कतहरु सत्ताकब्जा तर्फ उन्मुख भएको बताए । नेकपा कार्यकर्ताहरुको यस्तै हर्कत जारी रहे नेपाली कांग्रेस सामु प्रतिरोधको विकल्प खुल्ला रहेको समेत पौडेलले बताए।

‘नेकपाका कार्यकर्ताहरु संविधान तथा ऐन नियमको ठाडो खिल्ली उडाउँदै हिँडेपनि गृह प्रशासन लाचार हुनुले नेकपा नेतृत्वकै निर्देशनमा अराजक गतिविधि भएको पुष्टि हुन्छ,’ पौडेलले भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *