एशियाली खेलकूद : नेपाल आज भलिबलमा कोरियासँग भिड्दै

डिसी नेपाल
८ भदौ २०७५ ७:२०

काठमाडौँ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ।

समूह ‘डी’ मा नेपालसहित दक्षिण कोरिया र चाइनिज ताइपेइ छन्। नेपाल यसअघि पहिलो खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ। जकार्तामा रहेका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट अर्को चरण प्रवेश गर्नका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब रहेको बताउँछन्।

एशियाली खेलकूदको पुरुष भलिबलतर्फ २० राष्ट्र सहभागी छन्। नेपालले ३२ वर्षपछि एशियाली खेलकूदमा भलिबलमा सहभागिता जनाएको हो। नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ दक्षिण कोरियाको सिओलमा आयोजित एशियाली खेलकूदमा भाग लिएको थियो। भलिबल राष्ट्रिय खेलसमेत हो।

नेपाल टोलीमा क्याप्टेन इमबहादुर मगर, हरिबहादुर अधिकारी, ईश्वर थापा, दिनेशराज गिरी, राज शेरचन, धनबहादुर भट्ट क्षेत्री, नरेन्द्र गिरी, मानबहादुर श्रेष्ठ, कुलबहादुर थापा, दीपकराज जोशी, भैरवबहादुर बम र विशालबहादुर विक रहेका छन्। प्रशिक्षकमा जगदीशप्रसाद भट्ट, लेस्ली दि जोञ्जे व्यलनभ र व्यवस्थापकमा भरतबहादुर शाह रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *