एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित

डिसी नेपाल
१४ असोज २०७६ ६:५७

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । एक दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गरेको हो।

जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.५ ओभरमा २३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे ।

अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । श्रीलंकालाई हराउनका लागि पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।

कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर आजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए ।

दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीनवटा टि–२० सिरिज खेल हुनेछ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *