ओमानमा हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी सिरिजको प्रत्यक्ष प्रसारण हुने! यस्तो रहेको छ खेल तालिका

डिसी नेपाल
१४ असोज २०७६ ७:२९

काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । आयोजक ओमान क्रिकेटले नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ । ओमानले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण हुने जनाएको छ ।

सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरिसकेको कारण नेपालले सहभागिता जनाउन लागेको हो । नेपालले अहिले सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *