महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन नेकपाको निर्देशन

डिसी नेपाल
१४ असोज २०७६ १२:४०

काठमाडौं। बालात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई सांसद र सभामुख पदबाट राजीनामा दिन नेकपाले निर्देशन दिएको छ।

मंगलबार सभामुख महरामाथि लागेको आरोपका विषयमा छलफल गर्न बसेको नेकपा सचिवालय बैठकले बलात्कारको घटनामा छानवीनलाई सहयोग गर्न सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनुपर्ने उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *