बाँकी २ खेलमा दुवै हारे पनि गुयाना सीपीएलको शीर्ष स्थानमै रहने

डिसी नेपाल
१४ असोज २०७६ १५:२९

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा गुयाना अमेजन वारियर्सले आफ्नो आठौ खेलमा जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा गुयानाले ट्रीनबागो नाइट राइडर्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा अपराजित रहेको हो । गुयानाले दिएको १८६ रन पछाएको नाइट राइडर्सले २० ओभरमा ५ विकेट गुमाउदै १६६ रन मात्र बनाएपछि गुयाना १९ रनले विजयी भयो ।

नाइट राइडर्सका कप्तान केरन पोलार्डले ७१ रनको पारी खेलेपनि टिमलाई जिताउन भने सकेनन् । त्यस्तै नाइट राइडरस का लागि डारेन ब्राभोले ५८ रन बनाएका थिए । टस हारेर पहिला ब्याटिंग गरेको गुयानाले २० ओभरमा ६ विकेट गुमाउदै १८५ रन बनाएको थियो । गुयानाका लागि चन्द्रपाउल हेमराजले ६६, शिमरोन हेटमायरले ४८, रोमारियो शेफार्डले १३ बलमा ३२ रन बनाएका थिए ।

यो जितपछि गुयानाको ८ खेलमा १६ अंक भएको छ भने अब गुयाना अंक तालिकामा शिर्ष स्थानमै रहेर पहिलो क्वालिफायर खेल्ने निश्चित भएको छ । त्यस्तै नाइट राइडर्स प्लेअफमा पुगिसकेको भएपनि पहिलो क्वालिफायरमा खेल्न अब खेल्न बाँकी रहेका दुई पध्ये एक खेल जित्नै पर्ने रहेको छ । अहिले नाइट राइडर्स ९ अंकसहित तेस्रो स्थानमा छ । गुयाना र नाइट राइडर्ससहित सेन्ट किट्स र बार्बाडोस प्लेअफमा पुगीसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *