चितवनमा गाई काटेको अभियोगमा ३ जना पक्राउ

डिसी नेपाल
१४ असोज २०७६ १९:३०

चितवन । कालिका नगरपालिका ३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहरुलाई पक्राउ गरेको हो।

घटनामा संलग्न हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *