सिटीको जितमा स्टर्लिङको गोल

डिसी नेपाल
१५ असोज २०७६ ८:१८

एजेन्सी । म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले डायनामो जाग्रेबलाई २–० गोल अन्तरले हराएको हो ।

खेलको ६६ औ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अघि बढाए । रियाद महरेजको क्रसमा स्टर्लिङले सिटीको खाता खोलेका थिए । उनी बेन्चबाट मैदान छिरेर सिटीका लागि पहिलो गोल गरेका थिए । फिल फोडिन ईन्जुरी समयमा गोल गर्दै सिटीको जित निरन्तर राखे ।

समुह सीमा सिटी २ खेलबा ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । डायनामो ३ अंक सहित दोस्रो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *