१५ वर्षपछि रेसलिङको रिङमा फर्किँदै द रक

डिसी नेपाल
१५ असोज २०७६ ९:१८

काठमाडौं। सुपर स्टार द रक १५ वर्षपछि फेरि रिङमा फर्किँदै छन्। द रकले ट्विट गर्दै आफू १५ वर्षपछि रिङमा फर्किन लागेको जानकारी दिएका हुन्। उनले लेखेका छन्–अन्ततः डब्ल्यूडब्ल्यूईको दुनियामा फर्किँदै छु।’ द रक फक्स स्पोर्टको शो म्याक्स डाउनमा शुक्रबार खेल्ने भएका छन्।

ट्विटमा द रकले रेसलिङ करियरको एउटा भिडियो पनि शेयर गरेका छन्। रकले डब्ल्यूडब्ल्यूईबाट रिटायर्ड हुने र अभियनको दुनियामा आउनु भन्दा करिव ८ वर्ष सम्म रेसलिङ खेलेका थिए।

डब्ल्यूडब्ल्यूईले ४ अक्टोबरमा स्म्याकडाउनको २० औं वार्षिकोत्वस मनाउँदैछ। रकसँग १००० औं एपिसोडमा हल्क होगन, रिक फ्लेयर, कर्ट एंजिल, मिक फोले, गोल्डबर्ग स्टिङ पनि आउँदैछन्। यस बाहेक वर्तमान डब्ल्यूडब्ल्यूई च्याम्पियन कोफी किंग्स्टन पनि आफ्नो टाइटल बनाउनका लागि ब्रक लेसनरसँग भिड्दैछन्।

अगस्ट २०१८ मा रकले हवाईमा आफ्नी प्रेमिका तथा गायिका लरेन ह्याशियनसँग गोप्य विवाह गरेर आफ्ना फ्यानलाई चतिक पारेका थिए। रक र लरेनको भेट २००६ मा भेट भएको थियो। त्यतिबेला रक द गेम प्लानको शुटिङमा थिए। दुवैले २००७ मा डेटिङ सुरु गरेका थिए। उनीहरुका दुई छोरी ज्यासमिन र टियाना छन्।

फोब्र्स म्यागेजीनको लिस्टमा विश्वमा सबैभन्दा धेरै कमाइ गर्नेको सूचीमा रक टपमा छन्। उनको फिल्म ‘जुमांजी ः द न्याक्स्ट लेवल’ का लागि उनलाई सबैभन्दा धेरै २३.५ मिलियन डलर पारिश्रमिक दिइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *