च्याम्पियन्स लिगमा फेलिक्सको पहिलो गोल, एट्लेटिको मड्रिडको जित

डिसी नेपाल
१५ असोज २०७६ १०:५२

एजेन्सी । एट्लेटिको मड्रिडका कीर्तिमानी खेलाडी जोआओ फेलिक्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका छन् । यसै सिजन १ सय १४ मिलियन पाउण्डमा स्पेनिस क्लबमा आएका फेलिक्सले पहिलो गोल गर्दा क्लबले च्याम्पियन्स लिगमा जित निकालेको छ ।

मंगलबार राति भएको समुह डीको खेलमा एट्लेटिकोले लेकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले हरायो । जोआओ फेलिक्सले ४८ औ मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५८ औ मिनेटमा थोमसले गोल गर्दै एट्लेटिकोलाई सहज जित दिलाए । च्याम्यिन्स लिगको पहिलो खेलमा युभेन्ट्ससंग बराबरी खेल्दै अंक बाँडेको एट्लेटिकोले दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । एट्लेटिको दुई खेलबाट ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रह्यो । मस्को क्लब ३ अंक सहित तेस्रो स्थानमा रह्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *