टीमलाई ७ म्याच जिताउने संसारकै पहिलो कप्तान बने विराट कोहली

डिसी नेपाल
८ भदौ २०७५ १०:१०

एजेन्सी – कप्तान कोहली एक दिवसीयपछि टेस्ट क्रिकेट संसारकै उत्कृष्ट ठहरिएका छन् । कोहली आइसीसीको बरियतामा उनी टेस्टको शीर्षस्थानमा रहन सफल भएका हुन् । ‍

स्रो टेस्ट म्याचमा भारतीय टीमले इंग्ल्याण्डलाई पराजित गर्‍यो । यो सँगै इंग्ल्याण्डविरुद्धको टेस्टमा विशाल पारी खेलेपछि कोहलीको र्‍याङकिङमा सुधार आएको हो । यसअघि उनी दोस्रो स्थानमा थिए ।

पहिलो स्थानमा शीर्षस्थानमा अष्ट्रेलियाका कप्तान स्टीव स्मिथ थिए । कोहलीले ९३७ रेटिङ हासिल गर्दै शीर्षस्थानमा रहन सफल भएका हुन् । त्यस्तै कोहली टेस्टमा २०० रन बनाएर टीमलाई ७ म्याच जिताउने संसारकै पहिलो कप्तान बनेपछि उनलाई थप सफलता मिलेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *