एक दशकपछि घरेलु भूमीमा पाकिस्तानले जित्यो सिरिज

डिसी नेपाल
१६ असोज २०७६ ६:१४

एजेन्सी । तेस्रो तथा अन्तिम एकदिवशीयमा पनि श्रीलंकालाई ५ विकेटले पराजित गरी एक दशकपछि घरेलु मैदानमा पाकिस्तानले शृंखला जितेको छ ।

कराँचीस्थित राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओपनर दनुस्का गुनातिलाकाको सानदार शतकको सहयोगमा ९ विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

श्रीलंकाका लागि गुनाथिलाकाले १३४ बलमा १६ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान लाहिरु थिरिमान्ने र मिनोद भानुकाले समान ३६ रनको योगदान गरे । सातौं नम्बरमा ब्याटिङमा आएका धनुस शानाकाले २४ बलमा ४३ रनको विष्फोटक पारी खेलेका थिए ।

पाकिस्तानका मोहम्मद आमिरले ३ विकेट लिए । उनले १० ओभरमा ५० रन खर्चिए । उस्मान अन्सारी, वहाव रियाज, सादव खान र मोहम्मद नावाजले एक एक विकेट लिए ।

२९८ रनको लक्ष्य पाकिस्तानले १० बल अगावै ५ विकेट गुमाएर भेट्टाएको हो । ओपनर फखर जमान र अविद अलीले पहिलो विकेटका लागि १२३ रनको साझेदारी गर्दै पाकिस्तानको जितको खाका कोरेका थिए ।

९१ बलमा ७६ रन प्रहार गरेका जमानले १ छक्का र ७ चौका प्रहार गरे । ६७ बलमा ७४ रनको योगदान गरेका अलीले १० चौका प्रहार गरे । बाबर अजामले ३१ र कप्तान सर्फराज अहमदले २३ रन बनाए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका ह्यारिस सोहेलले ५० बलमा ५५ रनको अर्धशतकीय पारी खेले ।

२२ बलमा २८ अविजित रन बनाएका इफ्तिखर अहमदले लगातार छक्का र चौका प्रहार गरी पाकिस्तानले घरेलु भूमिमा शृंखला जिताए । बलिङमा श्रीलंकाका नुवान प्रदीपले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *